Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारमा जाने तयारी गरेको जसपा किन पुग्यो पेरिसडाँडा ?

काठमाडौँ। सरकारमा जाने तयारी गरिरहेको जनता समाजवादी पार्टी (जसपा)का नेताहरु नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् ।

बुधबार संसद बैठक सकिए लगत्तै जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि पेरिसडाँडा पुगेका हुन् ।

प्रतिनिधिसभामा चौंथो ठुलो दल रहेको जसपाले नयाँ सरकार गठनका विषयमा माओवादी केन्द्रसँग छलफल गर्ने स्रोतले जनाएको छ ।

बुधबार बसेको मओवादी केन्द्रको स्थायी कमिटी बैठकले संगठनलाई मजबुत बनाउन भन्दै कार्यदल गठन गरेको छ । कार्यदलमा लीलामणि पोखरेल, वर्षमान पुन, पम्फा भुषाल र जनार्दन शर्मा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077