Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रेशम चौधरीको रिहाइ गरे सत्ता साझेदारी हुन्छ : राजेन्द्र महतो

    रेशम चौधरीको रिहाइ गरे सत्ता साझेदारी हुन्छ : राजेन्द्र महतो

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 3.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भएमा मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बताएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा उनले वर्तमान सरकारसँग माग पूरा गराउने शर्तसहित शुरुमा सहमति गरिएकामा पूरा नभएपछि समर्थन फिर्ता लिइएको स्मरण गराउँदै ती मागबारे सबै पक्षसँग छलफल हुने जनाए ।



    सत्तारुढ नेकपा एमाले र जसपाबीचको वार्ता टोलीबारे सोधिएको प्रश्नमा उनले हाल सत्ता साझेदारीमा नभई मुद्दाका विषयमा छलफल भएको बताए ।



    जसपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तालाई लगाइएका मुद्दा फिर्तालगायत माग उठाउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार