Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ढुंगामुढा गरेपछि राजेन्द्र महतोको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

    ढुंगामुढा गरेपछि राजेन्द्र महतोको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 630
    SHARES

    काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ ।

    खुलामञ्च जाने भनिएको र्‍याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको हो ।



    झडपका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढासमेत गरेका थिए । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ ।



    प्रदर्शनमा उत्रिएका महतो समर्थक भीडले आफूमाथि ढुंगामुढा गरेपछि प्रहरीले प्रतिवाद गरेको थियो ।

    दुई पक्षबीच हानाहानको स्थिति भएपछि आन्दोलनको नेतृत्व गरिरहेका महतो गाडी चढेर भागेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार