Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मधेशवादी दल समाप्त हुने बाटोमा छन् : राजेन्द्र महतो

    मधेशवादी दल समाप्त हुने बाटोमा छन् : राजेन्द्र महतो

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 351
    SHARES

    सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले मधेशवादी दल समाप्त हुने बाटोमा रहेको बताएका छन्।

    सप्तरीको राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले यस्तो बताएका हुन् ।



    नेता महतोले जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकार छोडेर संघर्षमा नआए समाप्त हुने तथा नया शक्तिको उदय हुने बताए।



    नेता महतोले मधेश आन्दोलनलाई राज्यले अपराधीकरण गरिरहेको र त्यो सरकारमा मधेशवादी पार्टी सामेल रहनुले उनहरूले समाप्तिको बाटो रोज्नु जस्तै रहेको बताए ।

    नेता कार्यकर्तामाथि मधेश अन्दोलनकै कारण आजीवन कारावास भइरहँदा एकथान मन्त्रीका लागि सतामा टाँसिइरहनु मधेशवादी दलहले समाप्तिको बाटो रोज्नु जस्तै भएको नेता महतोको भनाइ छ ।

    नेता महतोले झापा विद्रोह, र माओवादीको ‘जनयुद्ध’ लाई विद्रोह मान्ने तर मधेश आन्दोलनलाई अपराध मान्ने काम भए मधेशमा नयाँ शक्तिको उदय हुने पनि चेतावानी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार