Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • रेशम चौधरीले ज्यान मार्ने धम्की दिएको नागरिक उन्मुक्तिका नेताहरुको आरोप

    रेशम चौधरीले ज्यान मार्ने धम्की दिएको नागरिक उन्मुक्तिका नेताहरुको आरोप

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 591
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नै पार्टीका नेताहरुलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् ।

    चौधरीले स्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्मासहितका नेताहरुलाई ज्यान मार्ने धम्की दिएका हुन् । सोमबार रिपोर्टस क्लबको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य बिकले आफूलाई नेता चौधरीले आइतबार एउटा छलफलमा हत्या पनि हुन सक्छ भनेर धम्की दिएको बताए ।



    सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय सदस्यहरुको बैठक सुरु हुनुअघि आफूमाथि रेशम चौधरीसँगै आएका व्यक्तिहरुले कुटपिट गरेको बिकले बताए ।



    आइतबार ज्यान मार्ने धम्की दिएको र सोमबार आफूहरुमाथि आक्रमण हुनुले असुरक्षा बढेको नेता बिकले बताए । नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनमा सहभागिताको विषयमा छलफल गर्न तीन सदस्यीय वार्ता टोली बनाएको छ ।

    वार्ता टोलीमा नेता दामोदर पण्डित, रमेश बिक पनि छन् । उनीहरुले सरकारमा सहभागिताका विषयमा छलफल गर्न बालुवाटार जाने भनेका थिए । तर बालुवाटार गएमा बालुवाटारबाहिरै पिट्ने धम्की पनि दिएको बिकले बताए ।

    सोमबार बोलाइएको संस्थापक केन्द्रीय सदस्यहरुको बैठक सुरु हुनुअघि नै रेशम चौधरीसहितका नेताहरु पार्टी कार्यालयमा उपस्थित भएका थिए । त्यसक्रममा संस्थापक केन्द्रीय सदस्यको मात्र बैठक बस्ने वा रेशम चौधरीहरुलाई पनि सहभागी गराउने भन्ने विषयमा विवाद हुँदा हात हालाहाल भएको थियो ।

    सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् र उनले नागरिक उन्मुक्ति पार्टीको समर्थन लिन ५ जनालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।

    गत पुसमा कैलालीमा भएको महाधिवेशनबाट रेशमलाल चौधरी अध्यक्षमा निर्वाचित भएका थिए । तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिएन । त्यसैले हाल नाउपामा उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी आधिकारिक अध्यक्ष छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार