Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नाउपाका संरक्षक रेशम चौधरीको मुद्दा हेर्न नमिल्नेमा

    नाउपाका संरक्षक रेशम चौधरीको मुद्दा हेर्न नमिल्नेमा

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 414
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी(नाउपा)का संरक्षक रेशम चौधरीले दायर गरेको मुद्दा हेर्न नमिल्ने सूचीमा परेको छ ।

    शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासमा परेकामा सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि स्थगित भएको हो ।



    टिकापुर नरसंहारमा दोषी ठहर भएका रेशमलाल चौधरीले आफू जेलमै हुँदा श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए ।



    उनी राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर जेलमुक्त भएलगत्तै पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

    तर निर्वाचन आयोगले उनको अध्यक्ष पदलाई मान्यता नदिएपछि चौधरी रिट बोकेर सर्वोच्च अदालत पुगेका थिए ।

    चौधरीले निर्वाचन आयोग, संस्थापक अध्यक्ष एवम् आफ्नै श्रीमती रञ्जिता श्रेष्ठ लगायतलाई विपक्षी बनाई आफूलाई अध्यक्षको मान्यता नदिने आयोगको निर्णय खारेज हुनुपर्ने माग गर्दै रिट दर्ता गराएका थिए ।

    उक्त रिटमाथि गत चैत २५ गते न्यायाधीश महेश शर्मा पौडेलको इजलासले प्रारम्भिक सुनुवाइ गरी सर्वोच्च अदालतबाट भएको फैसलासमेत सँगै राख्ने आदेश दिएको थियो । त्यसपछि शुक्रबार पेसी तोकिएकामा उक्त मुद्दा न्यायाधीश नहकुल सुवेदीले हेर्न नमिल्ने भएपछि स्थगित भएको हो ।

    यसअघि रेशम चौधरी जोडिएको टिकापुर नरसंहारको मुद्दामा फैसला गर्दा न्यायाधीश डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासबाट फैसला भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार