Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ठूला दल आफूहरूको घर भत्काइदिने स्याल, हुँडार, बाघ, भालुजस्तै हुन् : रेशम चौधरी

    ठूला दल आफूहरूको घर भत्काइदिने स्याल, हुँडार, बाघ, भालुजस्तै हुन् : रेशम चौधरी

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 390
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफ्नो पार्टीबाट रञ्जिता श्रेष्ठ ११ महिना मन्त्री भए पनि केही काम गर्न नसकेको बताएका छन् ।

    आइतबार जापानमा थारु कल्याणकारिणी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले रञ्जिता मन्त्री हुँदा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै काम गरेको आरोप लगाए ।



    ‘हामीलाई सरकारमा गएर केही गर्न दिनेवाला छैनन्। ११ महिना रञ्जिताजी मन्त्री बन्नुभयो। हाम्रो काम भएन। कांग्रेस, एमाले, माओवादीको मात्रै भयो’, उनले भने ।

    साथै ठूला दल आफूहरूको घर भत्काइदिने स्याल, हुँडार, बाघ, भालुजस्तै भएको पनि उनको आरोप छ । ठूला दलले ०८४ सम्म साना दललाई सखाप पार्ने योजना बनाएको रेशमको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार