Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओली समूहले पार्टी कार्यालयहरु कब्जा गरेको माधव नेपाल समूहको आरोप

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय सदस्यहरूको बैठक सकिएको छ ।

बुधबार नयाँ बानेश्वरको अर्याल होटलमा बसेको माधव नेपाल समूहको केन्द्रीय कमिटी सदस्यहरुको बैठकले चाँडो पार्टी कमिटीहरु क्रियाशील बनाउन अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेको छ ।

बैठकले ओली समूहका नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयहरु कब्जा गर्ने, अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुका नाम प्लेट हटाएर ओलीले खटाएका पदाधिकारीको नाम राख्ने जस्ता काम गरेको भन्दै आप्पति जनाएको छ ।

बैठकमा झलनाथ खनाल, माधव कुमार नेपाल लगायत शीर्ष नेता तथा कार्यकर्ताको उपस्थिति रेहको थियो ।

सर्वोच्च अदालको फैसलासँगै व्युँतिएको एमालेमा ओली समूह  र नेपाल समूह गरी दुई समूहमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077