Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–३ सम्झना सामुदायिक वनमा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

बुधबार घाँस काटिरहेकी २९ वर्षीया रेनुका सुनारलाई बाघले आक्रमण गरेको हो। सुनारलाई घाँस काट्न गएको बेला बाघले झम्टेर लगेको थियो।

सशस्त्र प्रहरी बल बिओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरका अनुसार नेपाल–भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077