Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा दुर्घटनामा नौ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको आगरामा आज बिहान भएको दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।

कन्टेनर र स्कार्पियो गाडी आपसमा ठोक्किँदा उनीहरुको ज्यान गएको हो । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्।

स्कार्पियो अचानक अनियन्त्रित भइ सडक डिभाइडरमा ठोक्किएको थियो । नजिकै रहेको कन्टेनर समेत स्कार्पियोसँग ठोक्किएको थियो ।

स्कार्पियामा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077