Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठक बस्ने तयारी भएको छ ।

हिजोपनि नेपाल निकट केन्द्रीय सदस्यको बैठक बसेको थियो ।

माओवादीसँग एकीकरण अगाडि एमालेको स्थायी कमिटीमा माधव नेपाल निकट ११ स्थायी कमिटी सदस्य छन् । दुई वरिष्ठ नेता झलनाथ खनाल र नेपाल, तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भूसाल, तीन सचिव गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई, सदस्य सुरेन्द्र पाण्डे छन् ।

नेकपामा हुँदा प्रचण्डसँग मिलेर नयाँ समूह गठन गरेका नेपाल एमालेमा फ़र्किएपछि पार्टीभित्र कसरी प्रस्तुत हुने भन्ने बिषयको छलफलमा जुटेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077