Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाको सचिवालय बैठक जारी, सरकारमा जाने/नजाने बारे निर्णय हुन सक्ने

काठमाडौँ। बुधबार बसेको पदाधिकारी बैठले  कुनै निर्णय गर्न  नसकेपछि आज जनता समाजवादी पार्टी (जसपा)को सचिवालय बैठक जारी रहेको छ ।

बैठक पार्टी कार्यालय बालकुमारीमा जारी रहेको छ । आजको बैठकले सरकारमा जाने/नजाने विषयमा छलफल गर्नेछ।

सर्वोच्चले संसद् पुनर्स्थापना गरेपछि नयाँ सरकार गठनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले जसपालाई सत्ता सहकार्यको प्रस्ताव राखिरहेको छ ।

त्यस्तै, नेकपा एमालेले पनि आफ्नो सरकार जोगाउन जसपालाई सत्तामा आउन प्रस्ताव अघि सारेको छ ।

जसपाले भने मधेस आन्दोलनको वेलामा पक्राउ परेका रेशम चौधरीलगायत नेता–कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनसहितका माग पूरा भएपछि मात्रै सरकारमा जाने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077