एजेन्सी। भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि बुधबार आक्रमण भएको छ ।
पश्चिम बंगालको पूर्वी मोदिनीपुर जिल्लाका अधिकारी र प्रहरी अधिक्षकले नन्दीग्रामको बिरुलिया बजारको भ्रमणको क्रममा केही अज्ञात मानिसले उनलाई धक्का दिएको बताएका छन् ।
यसैबीच ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसले आफ्नो नेतामाथि भएको आक्रमणको विरोधमा आफ्नो घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको छ।
बुधबार भएको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।