Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बरु सांसद पद छाडिन्छ, ओलीको साथ छाडिन्न : टोपबहादुर रायमाझी

कास्की। उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले आफूहरु अब नेकपा माओवादी केन्द्रमा नफर्किने र नेकपा एमाले मै बस्ने प्रतिबद्दता ब्यक्त गरेका छन् ।

बिहीबार एमाले काँस्कीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले अब सांसद पद गएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने बताएका छन् ।

उनले भने,‘हामी पदको लागि दौडिने नेता होईन, सांसद पद गए जाओस, अब केपी ओलीको साथ छोडिन्न ।' उनले माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु पदको लागि दौडिने व्यक्ति नभएकोले सांसद पद गएपनि केपी ओलीकै साथमा रहने जनाएका हुन् ।

फरक प्रसँगमा उनले एमालेका वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाललाई मन नबिगारी पार्टीमा फर्किन आग्रह गरे ।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि उनी अहिले एमालेको पक्षमा लागेका छन् । माओवादीबाट चुनाव जितेका मन्त्री रायमाझी अहिले पार्टी ब्यूँतिएपछि एमालेतिर लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077