Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आइतबार पहिलो पटक एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतले नेकपाको एकीकरणलाई भंग गर्दै नेकपा माओवादी केन्द्र र नेकपा एमाले बनाइदिएपछि एमालेले आगामी चैत १ गते पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्ने तयारी गरेको छ ।

केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको तर अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए ।

पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा सबै केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।

एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अवस्था रहेका बेला बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077