Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाका नेताहरुको दौडधुप : सभापति देउवाले बोलाए बूढानीलकण्ठ

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेतालाई बूढानीलकण्ठ बोलाएका छन् ।

शुक्रबार समीकरण र नयाँ सरकार गठनका बिषयमा छलफल गर्न सभापति देउवाले आफ्नो निवास बूढानीलकण्ठमा जसपाका नेताहरुलाई बोलाएका हुन् ।

प्रतिनिधिसभामा चौंथो ठुलो दल रहेको जसपा सत्ता समीकरणमा निर्णायक बनेसँगै नयाँ सरकार गठनका लागि छलफल गर्न बोलाएको बुझिएको छ ।

त्यस्तै, आज शुक्रबार दिउँसो ४ बजे जसपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्ने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्तामा जसपा सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल हुने स्रोतले बताएको छ ।

हिजोको बैठकमा जसपाको मागप्रति प्रधानमन्त्री ओलीले सकारात्मक भएको बताइएको थियो । त्यसैले आजको वार्ता निर्णायक हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077