Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा संसदीय दलकाे बैठक सिंहदरबारमा

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक जारी रहेको छ ।

सिंहदरबारमा जारी रहेको बैठकमा संसदीय दलको विधान पारित गर्नेबारे छलफल हुने बताईएको छ ।

त्यस्तै, संसदीय दलको नेता कसलाई बनाउने भन्नेबारे पनि छलफल हुने बताइएको छ ।

यसअघि पार्टी स्रोतका अनुसार आजको बैठकले अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको जनाएको थियो ।

बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषद् अध्यक्षद्वय महन्त ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो लगायत सहभागी छन् ।

संसदीय बैठकपछि जसपा प्रधानमन्त्री केपी शर्मा ओलीसँग र कांग्रेस सभापति शेरबहादुर देउवासँग बार्ता गर्न जाने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे हुने वार्तामा जसपा सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल हुने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077