Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपामा अन्यौल, सत्ताको लागि ‘मुसा दौड’मा छैनौं : बाबुराम भट्टराई

काठमाडौँ। सत्ता समीकरणमा निर्णायक भूमिकाममा रहेको प्रतिनिधिसभाको चौथो ठुलो दल रहेको जनता समाजवादी पार्टी (जसपा) यतिबेला चर्चामा रहेको छ।

पछिल्लो समय राजनीतिक भेटघाटलाई तीब्रता दिएको जसपाले अहिले पनि पार्टी संसदीय दलको बैठक जारी रहेको छ।

बिहीबार पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर आफ्नो मागबारे जानकारी गराएको भेटमा सहभागी एक नेताले अनलाइन नेपाललाई जानकारी दिएका थिए।

आफ्नो मागबारे प्रधानमन्त्री ओलीले ग्रिन सिग्नल दिएको भन्दै खुशी भएको जसपाले आज फेरि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्दै छ।

यसअघि हिजो बेलुका प्रधानमन्त्रीसँगको भेटपछि संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत् जसपा मुसा दौडमा नरहेको बताएका छन्।

उनले ट्वीट गर्दै भनेका छन्, 'देश यति गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है ! अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुन : उही म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त ! जसपा त्यो मुसादौडमा छैन है !'

https://twitter.com/brb1954/status/1370062350179430400

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077