Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बूढानीलकण्ठमा कांग्रेस र जसपाबीचको बैठक जारी

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीचको बैठक बूढानीलकण्ठमा जारी रहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक जारी रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा जसपाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो सहभागी रहेका छन् ।

कांग्रेसका तर्फबाट देउवा, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला सहभागी रहेका छन् ।

बैठकमा जसपासँग सत्तासमीकरणका विषयमा छलफल भइरहेको बताइएको छ ।

यस्तै, आज दिउँसो बसेको जसपा संसदीय दलको बैठक निस्कर्षविहीन भएको छ ।

सिंहदरबारमा बसेको बैठकमा संसदीय दलको विधान पारित गर्ने, दलको नेता चयनलगायतका विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077