Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एमालेमा अब तीनवटा समूह, बादल पक्षका २२ जना बने केन्द्रीय सदस्य (नामावली सहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी केन्द्रका २२ जना नेताहरुलाई एमालेको केन्द्रीय सदस्य बनाएसँगै एमालेमा अब तीनवटा समूह बनेको छ ।

नेकपामा हुँदा माधवकुमार नेपाल, झलनाथ खनाललगायतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मिलेर अर्कै समूह गठन गरेका थिए । तर, सर्वोच्च अदालतले नेकपाको एकता नै खारेज गरेसँगै नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग भइसकेका छन् ।

त्यसैले अब नेकपामा ओली समूह, बादल समूह र नेपाल समूह हुने भएको छ ।

यसैबीच, आज बालुवाटारमा बसेको एमाले केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रका नेता एमव् गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेशको इन्चार्ज सहित २२ जनालाई केन्द्रीय सदस्य बनाएको हो ।

केन्द्रीय सदस्य हुनेहरु यसप्रकार छन् :
१) रामबहादुर थापा 'बादल'
२) टोपबहादुर रायमाझी
३) लेखराज भट्ट
४) मणिचन्द थापा
५) प्रभु साह
६) टंक आङबुहाङ
७) पासाङ शेर्पा
८) ज्वाला साह
९) टेकबहादुर बलामी
१०) कमल जंग
११) मनोज थापा
१२) विषमलाल अधिकारी
१३) लिलाबहादुर थापा
१४) दधिराम न्यौपाने
१५) दिनेश पन्थी
१६) नवीन रोका
१७) धर्मराज रेग्मी
१८) डम्बर विष्ट
१९) गौरीशंकर थारु
२०) झपट बोहरा
२१) दावा लामा
२२) चन्द्रबहादुर खड्का

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077