Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जसपाको कांग्रेससँगको बैठकले निष्कर्ष पाएन, भोलि माओवादी केन्द्रसँग वार्ता गर्ने

काठमाडौं । शुक्रबार बसेको नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)को बैठक सकिएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको काँग्रेस र जसपा नेताहरूबीचको बैठक निस्कर्षमा नपुगी सकिएको छ ।

बैठकमा दलहरुसंग मिलेर जाने सामान्य छलफल भएको जसपा अध्यक्ष महन्थ ठाकुरले बताए।

आजको बैठकपछि अब भोली आफूहरुले माओवादी केन्द्रसँग पनि छलफल गर्ने बताए ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि आजको बैठक सकारात्मक भएको प्रतिकृया दिएका छन्

बैठकमा जसपाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो सहभागी रहेका थिए भने, कांग्रेसका तर्फबाट देउवा, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077