Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जसपाको दौडधुप : माओवादी केन्द्रसँग वार्ता गर्न पेरिसडाँडामा

काठमाडौं । पछिल्लो समय छलफलमा निकै व्यस्त रहेको जनता समाजवादी पार्टी (जसपा) आज फेरि छलफलकै लागि नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाडाँ पुगेको छ।

सत्ता समीकरणबारे छलफल गर्न जसपाका शीर्ष नेताहरु पेरिसडाडाँ पुगेका हुन् । जसपाका नेताहरु महन्थ ठाकुर, डा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ पेरिसडाडाँ पुगेका छन् ।

केही दिन यता जसपाका नेताहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगातार छलफलमा छन् ।

प्रतिनिधिसभामा चौंथो ठूलो दल रहेको जसपा नयाँ सरकार गठनको लागि निर्णायक रहेको छ। जसपासँग संसदमा ३४ सिट छ ।

शुक्रबार बेलुका जसपाका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट बार्ता गरेका थिए। यद्दपि उनीहरुले ठोस निर्णय लिन भने सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077