Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपाल-खनाल समूहद्वारा समानान्तर कमिटी विस्तार, कुन नेतालाई कहाँको जिम्मा ?

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि माधव नेपाल र झलनाथ खनाल समूहले आफ्नो पक्षको समानान्तर कमिटी विस्तार गरेको छ ।

शनिबार बानेश्वरको एक होटलमा बसेको नेपाल-खनाल समूहको केन्द्रीय कमिटी बैठकले जिल्लादेखि केन्द्रसम्म समानान्तर कमिटी बनाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेपछि नेपाल-खनाल समूहले त्यसका विरुद्ध पार्टीमा समानान्तर कमिटी बनाउने निर्णय गरेको हो।

जसअनुसार प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य, प्रदेश ४ मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ मा युवराज ज्ञवाली र प्रदेश ७ मा भीम रावल रहेका छन् ।

त्यस्तै, युवा विभागमा रघुजी पन्त, विद्यार्थी विभागमा गोकर्ण विष्ट, प्रचार विभागमा योगेश भट्टराई, महिला विभागमा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागमा प्रमेश हमाल रहेका छन्।

एमाले अध्यक्ष ओलीले आफ्नो पक्षका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेपछि नेपाल-खनाल समूहले त्यसका विरुद्ध पार्टीमा समानान्तर कमिटी बनाउने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077