Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादी केन्द्रले जसपालाई भन्यो – चुनावसम्म कार्यगत एकता गरौं

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको जनता समाजवादी पार्टी (जसपा)लाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी चुनावसम्म कार्यगत एकता गर्न प्रस्ताव गरेको छ ।

पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शनिबार दुई पार्टीका शीर्ष नेताहरूबीच भएको छलफलमा माओवादीले यस्तो प्रस्ताव गरेको हो ।

माओवादी केन्द्रको प्रस्तावमा जसपा नेताहरूले आजै निर्णय भने निद नसकेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकपछि जसपा अध्यक्ष महन्थ ठाकुरले माओवादीसँग सकारात्मक कुरा भएको तर निष्कर्षमा पुग्न नसकेको बताए ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, जसपा अध्यक्षत्रय ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, वरिष्ठ नेताहरू अशोक राई तथा राजेन्द्र महतोलगायतका नेताहरू सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077