Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तीन बर्षपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा

काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा शुरू भएको छ ।

बैठकमा एमालेमा गएका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताईएको छ।

सर्वोच्च अदालतले माओवादी केन्द्र ब्युँताइदिएपछि पहिलोपटक माओवादी केन्द्रीय कमिटी बैठक बसेको हो ।

तत्कालीन नेकपा एमालेसँग पार्टी एकीकरण गर्नुपूर्व २०७५ जेठमा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बसेको थियो ।

यसअघि शनिबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले आज केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

शनिबारको स्थायी समिति बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

सरकारमा माओवादी केन्द्रका गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्यमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077