Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाबुराम भट्टराईले भने - जसपा कसैको पुच्छर हैन, आफै देशको नेतृत्व गर्ने शक्ति हो

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो दलले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।

उनले आफ्नो दल कसैको पुच्छर नभएको उल्लेख गर्दै देशको नेतृत्व गर्ने दाबी गरेका हुन् ।

शनिबार राति ट्वीट गर्दै डा. भट्टराईले जसपाको भूमिकाबारे तीन बुँदामा देशको नेतृत्व गर्ने शक्ति भएको उल्लेख गरेका छन् ।

उनले प्रस्तुत गरेका बुँदाहरु यसप्रकार रहेका छन्।

१,यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैनसबरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो।
२, गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसंग सम्झौता गर्दैन।
३, यो कसैको पुच्छर हैन, आफै देशको नेतृत्व गर्ने शक्ति हो ।

प्रतिनिधिसभामा चौंथो ठुलो शक्ति बनेको जसपा सरकार निर्माणमा निर्णायक अवस्थामा रहेको छ। जस्पले विभिन्न मागहरु राख्दै सरकारको समर्थन र असमर्थान गर्ने बताउदै आएको छ।

https://twitter.com/brb1954/status/1370792972023857152

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077