Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

पेरिसडाँडामा केन्द्रीय समितिको बैठक लगत्तै अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वरस्थित उनको निवासमा पुगेका हुन् ।

अध्यक्ष प्रचण्ड र नेता नेपालबीच अहिले छलफल भइरहेको स्रोतले जनाएको छ ।

नेकपामा रहँदा प्रचण्ड-माधव समूह खडा गरेर राजनीति गरेका दुबैलाई सर्वोच्च अदालतको फैसलाले वारी पारी बनाई दिएको छ।

नेकपा एकीकरणलाई सर्बोच्चले बदर गरेसँगै उनीहरु बाध्यात्मक भएर छुट्टीएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077