Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाललाई भित्र्याएका ओलीले किन खनाललाई बोलाएनन् ?

काठमाडौं । नेकपा एमालेको माधव-झलनाथ समूह र अध्यक्ष केपी शर्मा ओली समूहको पार्टी केन्द्रीय कार्याल धुम्बाराहीमा भेटवार्ता जारी रहेको छ ।

भेटवार्तामा माधव समूहकै बरिष्ठ नेता झलनाथ खनाल भने अनुपस्थित रहेका छन् ।

करिब तीन महिनापछि माधव-झलनाथ समूह र ओली समूहको पहिलोपटक भेट भएको हो ।

धुम्बाराहीमा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवालीलगायतका अन्य नेता सहभागी भएका छन् ।

त्यस्तै, अर्को पक्षबाट माधव नेपालसहित भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत सहभागी भएका छन् । छलफलमा वरिष्ठ नेता झलनाथ खनाललाई भने बोलाईएको छैन ।

यद्दपि आजको छलफलमा खनाल किन अनुपस्थित रहे भन्ने बाहिर आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077