Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओली र नेपालबीचको छलफल विनानिष्कर्ष टुंगियो, २८ गतेको निर्णय फिर्ता लिनुपर्ने नेपाल पक्षको अडान

काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल पक्षबीच धुम्बाराहीमा भएको पहिलो छलफल बिनानिष्कर्ष टुंगिएको छ।

छलफलमा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ ।

नेपालपक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको तर प्रधानमन्त्रीबाट ठोस जवाफ नआएको बताए ।

एमालेलाई एकताबद्ध, सुदृढ दिशातिर अघि बढ्नुपर्ने विषयमा बैठकमा छलफल भएको नेता पन्तको भनाइ छ।

धुम्बाराहीमा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवालीलगायतका अन्य नेता सहभागी भएका थिए ।

त्यस्तै, अर्को पक्षबाट माधव नेपालसहित भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत सहभागी भएका थिए भने माधव पक्षकै वरिष्ठ नेता झलनाथ खनाल भने सहभागी थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077