Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धुम्बाराही बैठक : सुरुमा मिठो, अन्त्यमा टर्रो लागेको माधव नेपालको प्रतिकृया

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल पक्षबीच धुम्बाराहीमा भएको पहिलो छलफल बिनानिष्कर्ष टुंगिएको  छ ।

नेता नेपालले आफ्नो मागहरुप्रति अध्यक्ष ओली सकारात्मक नदेखिएको बताएका छन् ।

करिब २ घण्टा लामो छलफलपछि कार्यालयबाट बाहिरिएका बरिष्ठ नेता नेपालले छलफल 'सुरुमा मिठो पछि टर्रो भयो’ भनी प्रतिक्रिया दिए । उनले भने, ‘सुरुवात निकै मीठो थियो, तर, अन्त्य भने टर्रो भयो ।

नेता नेपालले भने, ‘अदालतको फैसलापछि पूर्व एमालेको जुन स्थान थियो, संरचना, पदाधिकारी र सदस्यका हिसाबले, त्यो ठाउँमा फर्कौं । २८ गतेको बैठक वैधानिक छैन, त्यसलाई शून्य स्थितिमा पुर्‍याउँ ।’

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २८ फागुनको निर्णय खारेज गर्न अध्यक्ष केपी शर्मा ओली तयार नभएको बताएका छन् ।

धुम्बाराहीमा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवालीलगायतका अन्य नेता सहभागी भएका थिए ।

त्यस्तै, अर्को पक्षबाट माधव नेपालसहित भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत सहभागी भएका थिए भने माधव पक्षकै वरिष्ठ नेता झलनाथ खनाल भने सहभागी थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077