Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीको चियापान नेपाल पक्षले बहिष्कार गर्ने

काठमाडौं । आज बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरुसँग भेटवार्ता गरेको माधव नेपाल समूहले ओलीले मंगलबार बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रम बहिष्कार गर्ने भएको छ ।

धुम्बाराहीको वार्ता सहमतिमा नपुगेकाले चियापानमा जानुको कुनै औचित्य नरहेको नेपाल पक्षका नेता भीम रावलले बताए ।

यस्तै, नेपाल पक्षले चैत ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकमा पनि सहभागी नहुने जनाएको छ । छिट्टै सहमति होला जस्तो छैन, सहमतिबिना बैठकमा के जानु रु त्यसैले नजाने निर्णय गरेको औचित्यहीन रहेको रावलले बताए ।

धुम्बाराहीमा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवालीलगायतका अन्य नेता सहभागी भएका थिए ।

त्यस्तै, अर्को पक्षबाट माधव नेपालसहित भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत सहभागी भएका थिए भने माधव पक्षकै वरिष्ठ नेता झलनाथ खनाल भने सहभागी थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077