Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

१३ करोड हिनामिना गरेका भेटवाललाई एक लाख ९० हजारमा छाड्न अदालतको आदेश

काठमाडौं । विशेष अदालतले १३ करोड भन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिनाका अभियुक्त मनोज भेटवाललाई दुई लाख रुपैयाँभन्दा कम धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको सयुक्तइजलासले काठमाडौं भ्युटावर निर्माण गरिरहेका ठेकेदार भेटवाललाई जम्मा एक लाख ९० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

यही फाइनान्स लिमिटेडको रकम हिनामिना प्रकरणमा पक्राउ परेका भेटवालसँगै बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा पनि धरौटीमा छुटेका छन् ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटवाललाई १० वर्ष कैद सजायको समेत माग दाबी गरेर फागुन अन्तिम साता विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।भेटवालसँग ४० करोड भन्दा बढी सम्पत्ति हिनामिना भएकोमा १३ करोड २६ लाख विगो माग दाबी गरिएको छ ।

राजधानीको पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेका भेटवालले ४ करोड ६० लाख ४२ हजार ८५० रुपैयाँको अवैध कारोबार गरेको राजस्व अनुसन्धान विभागको निष्कर्ष रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077