Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बैठकमा सीमित जसपा : फेरि पदाधिकारी बैठक बस्दै

काठमाडौँ। प्रतिनिधिसभाको चौंथो ठुलो दल जनता समाजवादी पार्टी (जसपा) नयाँ सत्ता समीकरणमा निर्णायक भूमिकामा रहेको छ।

पछिल्लो समय राजनीतिक भेटघाटलाई तीब्रता दिएको जसपाले कुनै ठोस निर्णय लिन भने सकेको छैन ।

यसैबीच, आज जसपाको पदाधिकारी बैठक बस्दै छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो दुई बजे बैठक बोलाइएको नेता अशोक राईले बताए ।

राईका अनुसार आजको बैठकमा पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्नेलगायतका विषयमा छलफल हुनेछ ।

आगामी बिहीबार बस्ने कार्यकारिणी परिषदको बैठकमा संगठनात्मक खाका प्रस्तुत गर्ने जसपाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077