Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ग्यासमा आगलागी हुँदा चार घाइते

धनगढी। कैलालीको टीकापुर नगरपालिका–१ निवासी जीवन विष्टको भान्सा घरमा खाना पकाउने ग्यास चुहावट भई आगलागी हुँदा चार घाइते भएका छन् ।

आज दिउँसो ग्यास जडान गर्ने क्रममा भएको आगलागीबाट ३० वर्षीय निज विष्टसहित उनकी पत्नी २८ वर्षीया बबिता विष्ट, तीन वर्षीय छोरा जेनेल र सोही वडाको विजयनगर मुक्तकमैया शिविरका हरि चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले जानकारी दिए ।

घाइतेमध्ये जीवन विष्ट र हरी चौधरीको अवस्था गम्भीर रहेको छ भने अन्य दुईको अवस्था समान्य छ ।

घटनामा घाइते हुनेलाई टीकापुर अस्पतालमा पु¥याइएकोमा थप उपचारका लागि कोहलपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा थप अनुसन्धान भइरहेको बिष्टले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077