Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रचण्डले भने - माओवादी आन्दोलन र मलाई प्रहारको निशाना बनाइयो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्राप्त अधिकार खोस्न माओवादी आन्दोलन र आफूलाई प्रहारको निशाना बनाइएको बताएका छन् ।

मंगलबार अग्रणी शहिद शुकदेव गुरुङ शहिद घोषणा राष्ट्रिय जागरण अभियान अन्तर्गतको सर्वपक्षीय अन्तर संवाद तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘अस्ति प्रतिनिधिसभा विघटन गर्ने कुरा ओलीबाट प्रधानमन्त्रीको रुपमा भयो त्यो भयानक ठूलो षडयन्त्र थियो। नेपालका आदिबासी, जनजातिका विरुद्ध, नेपालका सबै दलित, मधेसी, महिला सबैले पाएको त्यो अधिकार पनि खोस्ने र झण्डैझण्डै पहिलाको जस्तै निरंकुश शासनतिर नेपाललाई फर्काउने र उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने प्रयास थियो,’ प्रचण्डले भने।

कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘तपाई हामीले अलि जातीय अधिकारको कुरा, समानताको कुरा, आत्मसम्मानको कुरा, स्वतन्त्रताको कुरा गर्यो भने हामीलाई जातिवादीको बिल्ला भिराउने अनि आफू चाहिँ उच्च वर्ग, उच्च जातिको अहंकारवाद र अन्धराष्ट्रवाद लाद्ने यो षडयन्त्र भएको छ।'

उत्पीडित समुदायको अधिकार र पहिचान खोस्ने षड्यन्त्र भएको  र उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएको प्रचण्डको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077