Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ह्यामरले हिर्काएर श्रीमतीको हत्या गरी फरार श्रीमान बल्खुबाट पक्राउ

काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंले बल्खुमा  बिभत्स तरिकाले श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ।

३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको हत्या गरेपछि श्रीमान् सन्तोष सापकोटा फरार भएका थिए।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सन्तोषीको हत्यापछि फरार भएका सन्तोषलाई बल्खुबाट पक्राउ गरिएको हो।

सोमबार साँझ बल्खुको सुकुम्बासी बस्तीमा बोरामा प्याक गरिएको अवस्थामा ती महिलाको शव फेला परेको थियो।

बोरामा प्याक भएको अवस्थामा सन्तोषीको शव  टाउकोमा ह्यामर (ब्रेकर) ले हानेर उनको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

सन्तोषका बुवा भक्तपुरमा फर्निचर पु-याउन गएको बेला दम्पतीबीच झगडा हुँदा सन्तोषले उनको हत्या गरेको खुलेको छ। प्रहरीका अनुसार पतिसँग सन्तोषीले डिभोर्स मागेकी थिइन् ।

उनीहरुबीच केही समयदेखि विवाद थियो । विवादपछि सन्तोषी माइती बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077