Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुलपानीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । कागेश्वरी मनहरा-६ मुलपानीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-६ घर भई चाँगुनारायण बस्ने २७ वर्षीय सुरज कुईंकेल रहेका छन् ।

ट्रकको ठक्कर दिएपछि गम्भीर घाइते भएका कुईंकेलको नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा उपचारको क्रममा मंगलबार साँझ नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुलपानि भक्तपुर सडकखण्डमा बा५ख १८२ नम्बरको ट्रकले प्रदेश ३-०२-०१२ प ५८४२ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रक चालकलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077