Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'सद्दाम हुसेनको स्टाइलमा चुनाव गराएर बादशाह बन्ने ओलीको सपना'

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्दा लोकतन्त्र र संविधानको रक्षा गर्न नसकेको बताएका छन्।

मंगलबारको राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा स्वास्थ्य अवस्था कम्जोर भएको कारण देखाउदै सहभागी नभएका पूर्वप्रधानमन्त्री भट्टराईले बुधबार बिहानै यस्तो बताएका हुन् ।

अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमार्फत् ओलीले राज्यका सबै अंग र साधन श्रोत कब्जा गरेको आरोप समेत लगाएका छन् ।

उनले ओलीलाई सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेनको संज्ञा दिँदै आफु चक्रवर्ती बादशाह बनिरहने सपना देखेको बताए ।

उनले लेखेका छन्, 'राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफु चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छॅाटकॅाट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्र र संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है !'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077