Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीले आफ्ना धुपौरेहरुलाई काखी च्यापे : झलनाथ खनाल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना धुपौरेहरुलाई काखी च्यापेर पार्टीमा त्याग र बलिदान गर्ने हरुलाई पाखा लगाएको बताएका छन् ।

बुधबार ललितपुरको सानेपामा आयोजित राष्ट्रिय कार्यकता भेलालाई सम्बोधन गर्दै नेता खनालले अध्यक्ष ओली पार्टीको बिधान र नियम विपरित गएर एकलौटी शासन चलाएर देशलाई दुर्घटनातर्फ लगेको बताएका छन् ।

भेलामा जम्मा भएका कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै नेता खनालले भने, 'ओली कदमबिरुद्द लड्ने बेला आएको छ, उनको शासन अब धेरै दिन टिक्दैन, उनले भने।  अबको लडाई भनेको केपी ओलीको बिरुद्दको लडाई हो'।

उनले ओलीले पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास गरेको आरोप समेत लगाएका छन् ।

भेलामा माधव नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायत नेताहरु सहभागी रहेका छन् ।

पछिल्लो समय एमालेभित्र आन्तरिक द्वन्द चर्किदै गएपछि ओली पक्ष र नेपाल पक्षबीच असमझादारी हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077