Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा नेपाली महिलाको गोली हानी हत्या

नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीमा एक नेपाली महिलाको गोली हानी हत्या भएको छ ।

नुवाकोट घर भएकी ४५ वर्षीय मिना तामाङलाई लुटेराहरूले गोली हानी हत्या गरेका हुन् ।

बुधबार बिहान करिब सात बजे मोटरसाइकलमा आएका दुई जना लुटेराले पसल लुट्न खोज्दा तामाङले प्रतिकार गर्दा उनीमाथि गोली हानेको दिल्ली प्रहरीले बताएको छ ।

गोली लागि घाइते भएकी तामाङको उपचारका क्रममा मृत्यु भएको पनि प्रहरीले जानकारी दिएको छ । लुटेराहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

तामाङ नयाँदिल्लीको मजनुका टिलामा करिब पाँच वर्ष देखि किराना पसल गर्दै आएकी थिइन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077