Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • ओलीले बोलाए एमाले संसदीय दलको बैठक, नेपाल पक्ष नजाने

    ओलीले बोलाए एमाले संसदीय दलको बैठक, नेपाल पक्ष नजाने

    अनलाइन नेपाल
  • बुधबार, ४ चैत्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठक बोलाएका छन् ।

    भोलि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।



    ‘सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको छ’ भट्टराईले भने ।



    भट्टराईलाई प्रधानमन्त्री ओलीले साविकको नेकपाको संसदीय दलको नेताको हैसियतमा प्रमुख सचेतकमा चयन गरेका थिए ।

    तर, संसदीय दलको बैठकमा एमालेकै खनाल-नेपाल पक्ष भने नजाने भएको छ । ललितपुरको सानेपामा जारी खनाल-नेपाल पक्षीय कार्यकर्ता भेला भएका कारण सो पक्षले नजाने बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार