Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

‘फ्रेस’ हुन प्रचण्ड परिवार सिन्धुलीमा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' परिवारसहित सिन्धुली गएका छन् ।

पछिलो समय राजनीतिक अवस्थाले चिन्तामा परेका प्रचण्ड रिफ्रेस हुन काठमाडौँ बाहिर गएको उनीनिकट स्रोतले बताएको छ ।

यसअघि पनि बेला-बेला आरामका लागि भन्दै प्रचण्ड काठमाडौं बाहिर जाने गरेका थिए।

प्रचण्डसँगै पत्नी सिता दाहाल, प्रचण्डका प्रमुख स्वकीय सचिव जोगबहादुर महरालगायत छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते प्रतिनिधिसभाको विघटन गरेपछि निकै तनावमा उनी सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेपछि खुशी भएका थिए ।

तर एकातिर खुशी अर्को तिर दुख भनेझैँ सर्वोच्चको अर्को फैसलाले नेकपाको एकीकरण खारेज गर्दै माओवादी केन्द्र र एमालेलाई ब्युँताइदिएपछि प्रचण्ड तनावमा परेका छन् ।

प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेको माओवादी केन्द्र्ले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन सकेको छैन ।

राजनीतिक रुपमा निकै तनावमा रहेका प्रचण्ड आरामका लागि सिन्धुली गएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077