Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

टोखामा युवकको हत्या अभियोगमा एक भारतीयसहित तीन जना पक्राउ, शवलाई फ्याक्न स्कुटरको प्रयोग

काठमाडौँ। महानगरीय प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौंको टोखामा एक युवकको हत्या गरेको अभियोगमा एक भारतीय नागरिकसहित तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार गत फागुन २९ गते टोखा नगरपालिका–१, मालुङस्थित सडक किनारमा रहेको बाँसको झ्याङमा मोरङ जिल्ला बेलबारी नगरपालिका-२ स्थायी घर भई हाल काठमाडौ जिल्ला टोखा नगरपालिका-३ सुर्य दर्शन हाईट बस्ने वर्ष २२ को आशिष लिम्बुको घाँटी थिची कर्तव्य गरी मारेको जस्तो देखिने शव फेला परेको थियो ।

घटना लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहले विशेष टोली परिचालन गरेका थिए ।

एसएसपी सिंहले परिचालन गरेको प्रहरीको विशेष टोलीले घटनामा संलग्न भारत मोतिहारी जिल्ला मधुवनी पन्चायत थाना चिरहीया-३ स्थायी घर बताउने भुपेन्द्र कुमार साहलाई नयाँबसपार्क पवित्रनगरबाट, भागेर रौतहट पुगिसकेका एमडी मोटरसाईकल वर्कसप सञ्चालक मोहम्मद कासिम मञ्सुरीलाई जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा रौतहटबाट र शेख अबदुललाई एमडी मोटरसाइकल वर्कसपबाट पक्राउ गर्न सफल भएको छ ।

अनुसन्धानका क्रममा लिम्बूलाई कुटपिटपछि घाँटी चिथेर हत्या गरेको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख  एसएसपी  सिंहले जानकारी दिए ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी सिंहले भने, ‘मञ्सुरीले सञ्चालन गरेको बाइक वर्कसपभित्र हत्या भएको थियो भने शवलाई तन्नामा पोको पारेर फ्यालिएको पाइएको छ । अभियुक्तहरुलाई तत्काल प्रहरीको विशेष टोली परिचालन गरी पक्राउ गर्न सफल भएका छौ।'

उनीहरुले शवलाई फ्याक्नका लागि ग्राहकले बनाउन दिएको दुई वटा स्कुटर प्रयोग गरेको समेत अनुसन्धानमा खुलेको छ।

पक्राउ परेका तीन जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको एसएसपी सिंहले वताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077