Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ओलीले एमालेलाई फुटाई चिराचिरा बनाई दुनियाँ सामु रमिता देखाए : प्रदीप पौडेल

    ओलीले एमालेलाई फुटाई चिराचिरा बनाई दुनियाँ सामु रमिता देखाए : प्रदीप पौडेल

    अनलाइन नेपाल
  • बिहिबार, ५ चैत्र २०७७
  • 2.8K
    SHARES

    काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र लोकतन्त्रको रक्षा गर्छु भन्नु मजाक भएको बताएका छन् ।

    नेता पौडेलले आफ्नै पार्टी एमालेलाई फुटाएर चिराचिरा बनाउने अध्यक्ष.ओलीले सिङ्गो देशलाई एकताबद्ध गर्छु भन्नु मजाक रहेको उल्लेख गरेका छन् ।



    लोकतन्त्र कसैको पेवा र दाइजो हैन भन्दै नेता पौडेलले प्रधानमन्त्री ओलीले त्यसको आफूखुशी प्रयोग गरेको बताए ।



    सामाजिक सञ्जालमा ट्वीट गर्दै पौडेलले ओलीले एमालेलाई फुटाएर चिराचिरा बनाएर दुनिया सामु रमिता देखाएको बताएका छन् । उनले आफ्नै पार्टी एकताबद्ध गर्न नसक्नेले सिङ्गो देशलाई एकताबद्ध गर्न सक्छ ? भन्दै प्रश्न समेत गरेका छन् ।

    उनले लेखेका छन्, ‘लोकतन्त्र कसैको पेवा र दाइजो होईन ताकि आफूखुसी प्रयोग गर्न सकोस् । पार्टीलाई चिराचिरा बनाएर दुनिया सामु रमिता देखाएका ओलीले अझै स्थायीत्व र यो देशको लोकतन्त्र रक्षा गर्छु भन्नु भद्दा मजाक बाहेक केही होइन्र । आफ्नै पार्टी एकताबद्ध गर्न नसक्नेले सिङ्गो देशलाई एकताबद्ध गर्न सक्छ ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार