Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसले जसपा र माओवादीसँग मिलेर दश दिनमा नयाँ सरकार गठन गर्छ : डा. शशांक कोइराला

बिराटनगर। नयाँ सरकार गठन र सत्ता साझेधारीको बहस चलिरहेको बेला नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ७ देखि १० दिनभित्र अविश्वास प्रस्ताव ल्याउने बताएका छन् ।

आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर जनता समााजवादी पार्टी(जसपा) र माओवादी केन्द्रसँग मिलेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने बताएका हुन् ।

उनले कांग्रेस नेतृत्वको सरकारले आगामी मंसिरमा संघीय संसद्को निर्वाचन समेत गराउने बताए ।

संविधान नै धरापमा पार्ने प्रधानमन्त्री ओली नेतृत्वको नेकपा एमालेसँग मिलेर सरकारमा जान नहुने कोइरालाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077