काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले आफूलाई राष्ट्रिय अनुसन्धान (गुप्तचर) बिभागको एसपी हुँ भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
आफूलाई एसपी भन्दै बिभिन्न व्यक्तिहरूलाई अनेक प्रभाव तथा प्रलोभनमा पारी रकम ठगी गर्दै हिँड्ने विश्वसराज पन्तलाई चितवनको खैरहनी पर्साबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरी अनुसन्धानमा पन्तले आफ्नो नाम समेत ढाँटी बुद्धिराज पन्तको नामबाट टाँडी, खैरहनीका बिभिन्न होटलमा महिनौंसम्म बसी खाएको बसेको पैसा समेत नदिई हिँडेको खुलेको छ ।
पन्तकाबिरूद्धमा ठगी गरेको जाहेरी दरखास्त समेत प्राप्त भएकाले पक्राउ गरिएको चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले वताए।
पक्राउ परेका पन्तमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।