Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीले दुई आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने, दलका नेताहरू बोल्ने

काठमाडौं । आज दिउँसो प्रतिनिधि सभा बैठक बस्ने भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ भने दलका नेताहरुले पनि धारणा राख्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

बैठकमा पूर्व राष्ट्रियसभाका सदस्य एवम् संविधानसभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । कोइरालाको ७१ वर्षको उमेरमा बुधवार निधन भएको थियो ।

यसअघि बसेका प्रतिनिधि सभा बैठकमा शोक प्रस्ताव पारित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077