Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बर्दियाबाट २ वटा नरभक्षी बाघ नियन्त्रणमा, एक वर्षमा ८ जनाको मृत्यु

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मान्छे तथा घरेलु जनावरलाई आक्रमण गर्ने २ वटा नरभक्षी बाघलाई नियन्त्रण लिइएको छ।

डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नेपाल–भारतको खाता जैविक मार्ग क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिएको हो।

बुधवार एउटा र बिहीबार अर्को भाले पाटेबाघलाई ​नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयले जनाएको छ ।

पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा घाँस दाउरा गर्ने स्थानीयबासी मात्र नभई सवारी साधनमा हिड्ने यात्रुहरुसमेत बाघको निसानामा पर्दै आएका थिए ।

बर्दियामा आफ्नै घरमा बसिरहेका बृद्धाको समेत बाघको आक्रमणमा परेर मृत्यु भएको छ ।

बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, गोला, पशुपतिनगर क्षेत्रमा यतिखेर बाघले आतंक मच्चाएको स्थानीयको गुनासो छ ।

बर्दियामा कति घरपालुवा जनावर बाघले खायो यकिन नभए पनि एक महिनामा धेरै नोक्सान गरेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह कडायतले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले पछिल्लो पटक मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की २८ वर्षीया रेनुका सुनारलाई फागनु २६ गते बुधबार बाघले आक्रमण गरी मारेपछि मृत्यु हुनेको सङ्ख्या आठ पुगेको बताए ।

साथै, हात्तीको आक्रमणबाट एक दर्जनले ज्यान गुमाएको स्थानीयको भनाइ छ । त्यसक्षेत्रमा समूह बनाएर वन्यजन्तु नियन्त्रण कार्यक्रम हुने गरेको छ । यस्ता कार्यक्रममा निकुञ्जले सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077