Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतमा कोरोना बढेसँगै सीमा नाकामा फेरि सतर्कता

काठमाडौँ । भारतमा कोरोनाभाइरस सङ्क्रमण फेरि बढ्न थालेपछि त्यहाँ काम गर्न गएका नेपालीहरू घर फर्किन सक्ने आकलन गर्दै नेपाल-भारत सीमाक्षेत्रमा विभिन्न योजना अगाडि सारिएको नेपाली अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका अनुसार अहिले १३ वटा नाकामा रहेका हेल्थ डेस्कलाई सक्रिय पारिएको छ।

कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएका मानिसलाई एन्टिजन परीक्षण गरेर मात्रै घर जान दिइने सरकारको योजना रहेको छ।

गत वर्ष पनि भारतबाट फर्किएका व्यक्तिले सङ्क्रमण गाउँगाउँसम्म फैलाएको भन्दै सरकारले सबैलाई होम क्वारन्टीनमा बस्न आग्रह गरिने बताइएको छ।

नेपालमा अहिले पुष्टि हुने सङ्क्रमणको सङ्ख्या १०० को हाराहारीमा छ भने भारतमा दैनिक हजराौँ मानिसमा कोभिड देखिएको छ ।

कोभिड नियन्त्रणका लागि भारतका केही स्थानमा फेरि प्रतिबन्धहरू लगाइएको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077