Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेकपाको अन्तरध्वंस नयाँ शक्ति निर्माणको आधार बन्न सक्छ : डा. बाबुराम भट्टराई

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार गठनका बारेमा मुख खोलेका छन् ।

पछिल्लो समय नेकपा एमाले भित्र आन्तरिक विवाद बढ्दै गएको र अन्य राजनीतिक दलहरुले पनि चासोका साथ अघि नबढेकोमा भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत् नेकपाको अन्तरध्वंस नयॅा समाजवादी शक्ति निर्माणको नयॅा आधार बन्न सक्ने बताएका छन्। उनले मार्सेली दर्शनको उधृत गर्दै पुरानो ध्वंस विना नयॅा निर्माण नहुने उल्लेख गरेका छन्।

उनले लेखेका छन्, पुरानोको ध्वंस विना नयॅा निर्माण हुन्न-मार्क्सेली दर्शनले भन्छ ! नेकपाको अन्तरध्वंस नयॅा समाजवादी शक्ति निर्माणको नयॅा आधार बन्नसक्छ । अत: फुटेका हॅाडीका टुक्राहरूको डम्फु बजाउनु वा तिनलाई टेपले टॅासेर पुरानै हॅाडी बनाउने मिथ्या कोशिश गर्नुसट्टा नयॅा समाजवादी ध्रुवीकरणतिर लाग्ने होकि ?

https://twitter.com/brb1954/status/1372737496170201089

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077